कास्कीको अन्नपूर्ण गाउँपालिका तालीब्राङमा खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिता हुँदै
उद्घाटन समारोहमा आमा समूहबीच मैत्रीपूर्ण फुटबल खेल
पाेखरा | असोज १४, २०८१
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–४ तालीब्राङमा दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुने भएको छ ।
सृजना युवा तथा आमा परिवारको आयोजनामा असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेला हुन लागेको हो ।
दशै मेलामा फाइभ ए साइड फुटबल प्रतियोगितासँगै अन्य प्रतियोगितात्मक कार्यक्रमहरु आयोजना गरिएको कार्यक्रम संयोजक सनम गुरुङ (सक्रिय)ले जानकारी दिए ।
उनका अनुसार असोज १९ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने दोस्रो तालिब्राङ (तर्मु) दशै मेलामा खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिता, छेलो प्रतियोगिता, रस्साकस्सी प्रतियोगिता लगायत अन्य कार्यक्रमहरु आयोजना गरिएको छ ।
खुल्ला फाइभ ए साइड फुटबल प्रतियोगिताको विजेताले नगद ४० हजार र उपविजेता हुने टिमले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
उनका अनुसार विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले ट्रफी प्राप्त गर्नेछन् । यस्तै फाइभ ए साइड फुटबल प्रतियोगितामा एक समूहलाई रु ३ हजार ५ रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ ।
यस्तै रस्साकस्सी प्रतियोगिता र छेलो प्रतियोगिताका विजेताले नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले बताए ।
दोस्रो तालिब्राङ (तर्मु) दशै मेलाको उद्घाटन समारोहमा आमा समूहबीच मैत्रीपूर्ण खेल समेत आयोजना गरिएको सृजना युवा तथा आमा परिवारले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बिच ‘बृहत् एकता’ गर्ने सहमति भएको छ । रास्वपा सभापति लामिछाने र काठमाड...
लमजुङ: बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ । बेंसीशहर नग...
लेखनाथ: पुस ३ गतेदेखि कास्कीको लेखनाथमा सञ्चालन भइरहेको २१ औँ संस्करणको लेखनाथ महोत्सव मनोरञ्जनसँगै आत्मीय भेटघाटको महत्वपूर्ण केन्द्र बन्दै गएको छ । देशका विभिन्न जिल्लाबाट दर्शकहरू महोत्सव अ...

